तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सत्तामा आए प्रतिपरिवार १० लाख सम्मको आयमा कर नलगाउने

1.53K
shares

नेपाली कांग्रेस सरकारमा आए व्यक्तिगत आयमा सुरूको १० लाख रूपैयाँसम्म आयकर नलगाउने भएको छ।

कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा यस्तो उल्लेख छ।करको भारबाट सर्वसाधारणलाई राहत दिन यस्तो नीति लिन लागेको बताइएको छ।

त्यस्तै, व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशतभन्दा नबढ्ने गरी प्रगतिशील प्रणाली लागु गर्ने र वार्षिक १ करोड रूपैयाँभन्दा माथिको आयमा मात्र अतिरिक्त शुल्क लगाउँने उल्लेख गरेको छ।संस्थागत आयकरलाई क्रमशः २० प्रतिशत मा झार्ने, वस्तु र सेवाको निर्यातमा १० प्रतिशत, सूचना प्रविधि (आइटी) निर्यात व्यवसायमा ५ प्रतिशत र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत मात्र आयकर कायम गर्ने उल्लेख गरेको छ।

विभिन्न नाममा लगाइएका स-साना करहरूलाई मूल्य अभिवृद्धि करमा समाहित गरी दायरा विस्तार गर्ने र यसको एकल दरलाई क्रमशः १० प्रतिशत मा झार्ने समेत उल्लेख गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports