सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मदिरा घोटाला काण्डमा निर्दोष साबित भए केजरीवालसहितका आप पार्टीका नेताहरू

728
shares

काठमाडौँ । दिल्लीकोका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदिया मदिरा घोटाला प्रकरणमा निर्दोष साबित भएका छन् । राउज एवेन्यू कोर्टले मदिरा घोटाला मुद्दामा केजरीवाल र सिसोदियाविरुद्ध कुनै प्रमाण फेला नपरेको आदेश दिएपछि दुवै जना निर्दोष साबित भएका हुन् ।

अदालतको आदेशपछि केजरीवालले मिडियासँग कुरा गर्दै रोएका थिए । उनले भने- ‘बीजेपीले जसरी हामीमाथि मदिरा घोटाला आरोप लगाउँदै आएको थियो, आज अदालतले हामीलाई निर्दोष साबित गएको छ । सत्यको विजय भएको छ । भगवान हाम्रो साथ छन् । मोदी जी र अमित शाहले ठूलो राजनीतिक षड्यन्त्र रचेका थिए । आम आदमी पार्टीका शीर्ष चार नेताहरूलाई जेलमा राखिएको थियो । मैले जीवनभर ईमानदारीले काम गरेको छु । प्रधानमन्त्रीज्यू, देशका समस्याहरू समाधान गरेर मात्र सत्ता सम्हाल्नु शोभा हुन्छ, अरूमाथि आरोप लगाउनु शोभा दिन्दैन ।’

अदालतले आफ्नो निर्णयमा भनेको छ, चार्जशीटमा हजारौं पृष्ठका प्रमाणहरूमा धेरै त्रुटी र विरोधाभास भएको उल्लेख छ । सिसोदियाविरुद्धको मुद्दा पनि पहिलो दृष्टिमा साबित हुन सकेन भने केजरीवालको नाम बिना ठोस प्रमाण जोडिएको अदालतले आफ्नो आदेशमा भनेको छ । अदालतले संवैधानिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित आरोप बिना पुख्ता प्रमाण कानुनको सिद्धान्तअनुसार अस्वीकार्य भएको पनि उल्लेख गरेको छ । चार्जशीटमा राखिएका धेरै कुरा गवाह वा प्रमाणसँग मेल नखाएको आदेशमा उल्लेख छ ।

यसअघि कम्प्ट्रोलर एण्ड अडिटर जनरल अफ इन्डियाले दिल्लीको मदिरा नीतिसम्बन्धी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टमा सरकारले २०२६ करोड भारतीय रुपैयाँ राजस्व घाटा भोगेको र शराब नीतिमा धेरै कमजोरी रहेको उल्लेख थियो । रिपोर्टमा लाइसेन्स वितरणमा समस्या रहेको र कथित रूपमा आम आदमी पार्टीका नेताहरूले लाभ लिएको पनि दाबी गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports