श्रम संस्कृति पार्टीले खाता खोल्यो खोटाङबाट आरेन राई विजयी
वि.सं.२०८२ फागुन २४ आइतवार ०८:४२
shares

काठमाडौं । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट विजयी भएर पार्टीको पहिलो सिट जितेका हुन् ।
राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीर काजि राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।





































