सर्लाही ४ मा रास्वपाका अमरेश सिहं विजयी, गगन थापा पराजित
वि.सं.२०८२ फागुन २४ आइतवार ०८:४५
shares

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत पाए ।
नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ मत प्राप्त गरे ।
एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।





































