सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिकतर्फ पनि घण्टीकै दवदवा : राप्रपा र श्रम संस्कृती पनि राष्ट्रिय पार्टी बन्ने

650
shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायमै राखेको छ ।

आयोगको आज बिहान ७ बजेको पछिल्लो विवरण अनुसार हालसम्म देशभर ७७ लाख ३ हजार १६ मत गणना भइसकेको छ । गणना भएको कुल मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ ।अहिलेसम्मको ट्रेन्ड हेर्दा रास्वपाले ५० प्रतिशतको हाराहारी मत ल्याउने देखिएको छ । नेपाली कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

नेकपा, राप्रपा राष्ट्रिय पार्टी बन्नसक्ने सुरुआती मतको रुझानले देखाएको छ । श्रम संस्कृति पार्टी पनि राष्ट्रिय पार्टी बन्ने लक्षण देखिएको छ । राप्रपा र श्रम संस्कृति पार्टीबीच १० हजार भोटको मात्र अन्तर छ ।मधेशमा पनि रास्वपा हाबी हुँदा यसपटक मधेश केन्द्रित दलहरू भने बढारिएका छन् ।राष्ट्रिय पार्टी बन्नको लागि देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कलाई विश्लेषण गर्दा यस्तो छ दलहरूको मत र प्रतिशतः

१. राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी):
यो पार्टीले हालसम्म ३७ लाख २५ हजार ८ सय ३४ मत प्राप्त गरेको छ । यो गणना भएको कुल मतको ४८.३७% हुन आउँछ ।

२. नेपाली कांग्रेस (रुख):
कांग्रेस १२ लाख ५६ हजार २१ मतका साथ दोस्रो स्थानमा रहेको छ । यसको मत प्रतिशत १६.३१% हो ।

३. नेकपा एमाले (सूर्य):
तेस्रो स्थानमा रहेको एमालेले १० लाख ६४ लाख ७ सय १८ मत प्राप्त गरेको छ, जुन कुल गणनाको १३.८२% हो ।

४. नेपाली कम्युनिष्ट पार्टी (तारा):
यो दलले ५ हजार ४६ हजार १ सय ९८ मत प्राप्त गर्दै ७.०९% मत ओगटेको छ ।

५. राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो):
राप्रपाले हालसम्म २ लाख ६२ हजार ७३ मत प्राप्त गरेको छ । यसको प्रतिशत ३.४०% हो।

६. श्रम संस्कृति पार्टी (माटो):
यो दलले २ लाख ५२ हजार ७ सय ४० मत प्राप्त गरेको छ, जुन कुल मतको ३.२८% हो ।

७. जनता समाजवादी पार्टी, नेपाल (छाता):
जसपा नेपालले १ लाख १५ हजार २२ मत प्राप्त गरेको छ । यो कुल गणनाको १.४९% हुन आउँछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports