विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बुधबारको मौसम : सातै प्रदेशमा चट्याङ सहित हल्का बर्षाको सम्भावना

1.91K
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायु मण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशकोसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports