सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज विहान सम्ममा समानुपातिक तर्फ १ करोड ७ लाख मतगणना

1.34K
shares

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले अद्यवधिक गरेको विवरणअनुसार बुधबार बिहान पौने ७ बजेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना सकिएको छ।हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ। यो भनेको ४७.५९ प्रतिशत हुन आउँछ।

त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ। उसले पाएको मत गणना भएको कुल मतको १६.२८ प्रतिशत हो।नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत पाएको छ। उसले पाएको मत १३.४९ प्रतिशत हाराहारी हो। त्यस्तै नपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ३ हजार ६२७ मत पाएको छ। उसले ७.४८ प्रतिशत मत ल्याएको छ।

श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ (३.५२ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४५७ (३.०७ प्रतिशत) मत ल्याएको छ।जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६ मत पाएको छ। यो १ प्रतिशत हाराहारी हो।प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत पाउने दलहरूले राष्ट्रिय मान्यता पाउँछ। यस हिसाबमा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिन्छ।

फागुन २१ गते भएको निर्वाचनमा १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। यस हिसाबमा २ लाख ७० हजार बढी मत गणना मात्रै हुन बाँकी छ।हालसम्मको गणनाका आधारमा मत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले समानुपातिकबाट ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports