सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

1.76K
shares

न्याय परिषदले प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण चैत १८ गतेदेखि अवकाशमा जाने भएकाले परिषद्ले नियुक्तिका लागि ६ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको हो।

न्याय परिषद्‌का प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको हो।

प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएर काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports