सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

1.13K
shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ ।

निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट नामहरू सिफारिस गर्नु पर्दछ ।

२१ फागुनको निर्वाचनका लागि दलहरूले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए ।२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन् ।प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा आइसकेको छ । समानुपातिक तर्फको पनि केही दिनभित्र सकिन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले पाएको सदर मतको आधारमा समानुपातिक तर्फको सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्द सूचीमा रहेका नामबाट नाम सिफारिस गर्न पत्र लेखिनेछ’ उनले भने ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनः हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports