सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिराहामा बम बिस्फोट, १ जना घाइते

1.29K
shares

सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएको हो।

बम विस्फोटमा सिराहा ७ का मधुसुधन यादवका छोरा २८ वर्षका सौरभ यादव घाइते भएका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको छ। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ।सुतली बमजस्तो देखिने वस्तु कागजमा बेरेको अवस्थामा रहेकाले अहिले घटनास्थलमा बम डिस्पोजल टोली पुगेको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी कमल थापाले बताए।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा छ। घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला परेको छैन। थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports