जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा

572
shares

काठमाडाैँ । निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा गरेकाे छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सा‌ंसदहरुकाे सूची प्रकाशित गरेकाे हाे ।

यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports