समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र बितरण गरिने : निर्वाचन आयोग
वि.सं.२०८२ चैत २ सोमवार १९:३९
shares

निर्वाचन आयोगले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यहरुलाई आगामी चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।
आयोगले आज एक सूचना जारी गर्दै समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यहरुलाई विहिबार बिहान साढे ११ बजे कार्यालयमा उपस्थित हुन भनेको हो ।आयोगले प्रमाण पत्र लिन आउँदा अनिवार्य रुपमा सक्कल नागरिकता वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटो ल्याउन पनि भनेको छ ।
समानुपातिकतर्फ कुल एक सय १० सिट रहेकोमा रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमालें)ले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएको अवस्था छ ।


































