सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तेल भिसा चलचित्रका निर्माता कार्की २ सय ५० जनालाई ठगेको आरोपमा पक्राउ

832
shares

काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।उनीविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ । उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सी विगत १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए ।

उनले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।यसअघि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।

पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ । उनी भारतमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports