सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज रामनवमी, देशभर सार्वजनिक बिदा

663
shares

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णुको सातौं अवतार मानिन्छ ।पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।

वासन्तीय नवरात्रको नवमीका दिन जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गरेका थिए । रामनवमी पर्वले मर्यादित, अनुशासित र उत्तरदायी शासनको आदर्श प्रस्तुत गर्ने विश्वास छ ।धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ । ‘व्रतार्क’ तथा अगस्त्य संहितामा यस दिन व्रत उपवास बस्दा पाप नाश भई वैकुण्ठ प्राप्त हुने उल्लेख गरिएको छ ।

यस अवसरमा जनकपुरस्थित रामजानकी मन्दिर तथा भारतको अयोध्यामा विशेष मेला लाग्ने गर्दछ । हजारौं श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यी स्थानमा रामलीला प्रदर्शन, भजनकीर्तन तथा पूजा आराधना गरिन्छ ।रामनवमीका दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी रामगीता, अध्यात्म, वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय रामायण वाचन गर्ने परम्परा रहिआएको छ ।

असत्यमाथि सत्यको विजय तथा मर्यादा पुरुषोत्तम रामको स्मरणमा मनाइने यस पर्वले मानव समाजलाई सत्य, धर्म र कर्तव्यनिष्ठताको मार्गमा अग्रसर गराउने सन्देश दिने विश्वास गरिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports