सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज शुक्रबारको मौसम : यी क्षेत्रमा मेघगर्जन सहित बर्षा र हिमपातको सम्भावना

520
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशको हिमाली भू–भागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा तराई भू–भागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports