सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोकिएको ट्रकमा कार ठोक्किदा तीन जनाको निधन, २ घाइते

455
shares

रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।

दुर्घटनामा घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports