सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको निधन

637
shares

काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उकालो चढिरहेको जिप सडकबाट ५० मिटरजति तल खसेको थियो ।जिपमा चालकसहित १४ जना सवार रहेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरू सबै घटनास्थलमा घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको निधन भएको छ ।

मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीइ त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports