सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली र लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी

585
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । सरकारको यस्तो तयारीपछि सम्भवतः उनीहरू आजै हाजिरी जमानीमा रिहा हुनेछन् ।

सर्वोच्च अदालतले सोमबार ओली र लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशपछि उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको हो ।

थपिएको पाँचदिन भित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports