गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पक्राउ पुर्जी जारी भएपछि बोले देउवा उनले भने मेरो सम्पत्तिको बारेमा भ्रम फैलाइयो

1.21K
shares

काठमाडौं । सम्पत्ति शुद्वीकरण मुद्दामा पक्राउ पूर्जी जारी भएपछि नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छन् ।

विदेशमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारको सम्पत्तिबारे भइरहेको प्रचार भ्रामक रहेको दावी गरेका हुन् ।उनले सार्वजनिक पदमा रहँदा कानुनअनुसार आफू र परिवारले आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा बुझाउँदै आएको उल्लेख गरेका छन् ।

‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।देउवाले सन् १९९१ मा गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्न सम्बन्धित ऐन अघि बढाएको र सन् २००२ मा प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन पनि ल्याइएको स्मरण गराएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports