रवि जिवी र छवीलाल जोशी विरूद्धको सम्पति शुद्धीकरण र संगठीत अपराधको मुद्धा कास्की जिल्ला अदालतबाट खारेज
वि.सं.२०८३ जेठ ८ शुक्रवार १७:४९
shares

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति समेत रहेका रवि लामिछानेसहित सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादीहरुको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खारेज गरेको छ ।
लामिछानेसहित गितेन्द्रबाबु राई (जीवी राई) र छविलाल जोशीविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतले खारेज गरिदिएको हो ।न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो ।
अदालतको आदेशमा सहकारीको बचत डुबेका जाहेरवालाको समेत माग निजहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मागदावी नरहेको र संशोधनपछि पनि जाहेरवालाको मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने देखिएकोले मुद्दा संशोधन गरिदिएको उल्लेख छ ।






































