linktrix Long Ad
Salt Trading Long Ad

आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

676
shares

आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको भाउ तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ थियो।आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ५ हजार १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports