नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले भारतको जमिन मिचेको छ भन्ने प्रधानमन्त्री बालेन साहको भनाई गलत छ : कमल थापा

156
shares

काठमाडौं । राप्रपाका नेता कमल थापाले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन साहको भनाइ अतिरञ्जित र गलत भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले यस्तो बताएका हुन् ।

‘संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिनुभएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको छ । केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा हो । तर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन । नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ ।’ थापाले लेखेका छन्, ‘यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छ । तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ । तर, मेरो विचारमा प्रधानमन्त्रीको यो भनाई अतिरञ्जित र गलत छ ।’

थापाले ​नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण गर्दैन र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन सक्दैन भने । उनका अनुसार देश सानो–ठूलो हुन सक्छ, तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन ।

‘भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ । म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु । देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ ।’ थापाले लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports