नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज सोमबारको मौसम : यी भू भागमा बदली हुने र केही स्थानमा बर्षाको सम्भावना

182
shares

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports