जेठ १७ गते विरोधकाबीच पारित गरिएको संसदको नियमावली विरूद्ध प्रतिपक्षी दल अदालत जाने
वि.सं.२०८३ जेठ १८ सोमवार १४:३५
shares

काठमाडौँ– विरोधकाबीचमा पारित गरिएको संसदको नियमावलीविरुद्ध प्रतिपक्षी दल अदालत जाने भएको छ।
सोमबार कांग्रेसको संसदीय दलका कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
प्रतिनिधि सभाका सदस्यहरुलाई विशेष अधिकार दिने गरी गरिएको नियमावलीको नियम २५९ को व्यवस्थाप्रति विपक्षी दलहरूको असहमति छ। उक्त विषयमा असहमति हुँदाहुँदै पनि आइतबार सभामुख डोलप्रसाद अर्यालले विरोधकाबीच संसदबाट नियमावली पारित गरेका थिए।
सामान्यतया संसद्लाई नियमन र व्यवस्थित गर्ने नियमावली सर्वसम्मतिमा पारित गर्ने गरिन्छ। यदि नियमावलीको विषयवस्तुमा सर्वसहमति हुन नसकेमा प्रक्रियामा भए पनि सर्वसहमति खोजिने संसदीय अभ्यास छ।तर उक्त अभ्यासलाई भत्काउँदै सभामुख अर्यालले चर्को विरोधकाबीच नियमावली पारित गरेका थिए।





































