सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एलिस अलब्राईट एमसीसीको सियोमा नियुक्त

481
shares

एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् । एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।नेपालमा पनि अमेरिकाले एमसीसीमार्फत करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । तर विभिन्न बहस र विवादका कारण त्यो संसदबाट पास हुन सकेको छैन  ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसीसम्बन्धी सम्झौता भएको थियो । विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा सहयोग सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports