सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक भोली र पर्सीका लागि बोलाईयो

455
shares
नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।

उक्त बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

oil ad long

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ । पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।यसअघि पार्टी पदाधिकारीको टुंगो लगाउन भन्दै पुस २५ गते बैठक बोलाइएको थियो । तर, पार्टीका नेता तथा कार्यकर्तालाई कोरोना संक्रमण देखिएपछि स्थगन गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports