सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्यापिटल फ्लाइट गराउने नयाँ माध्यम भए क्रिप्टोकरेन्सी, रोक्ने संयन्त्र बन्दैछ : अर्थमन्त्री

442
shares

अर्थमन्त्री जनार्दन शर्माले सूचना प्रविधिले अर्थतन्त्रमा विकृति भित्र्याएको बताएका छन् । डिजिटल तथा क्रिप्टो करेन्सी, हाइपर फन्ड, बेटिङ ग्याम्बलिङ जस्ता कुरा आइरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री शर्माले यी क्यापिटल फ्लाइट हुने नयाँ माध्यम बनेको बताए ।

“सूचना प्रविधिको विकास मानव जीवनको महत्वपूर्ण उपलब्धि हो तर यसका केही नकारात्मक पक्ष पनि छन्,” बजेटको अर्द्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्रीले भने, “डिजिटल तथा क्रिप्टो करेन्सी, हाइपर फन्ड, बेटिङ ग्याम्बलिङ सूचना प्रविधिले भित्र्याएका विकृती हुन् । यीनले क्यापिटल फ्लाइट गराए ।”

उनले राज्यको मान्यता एकातिर भएपनि यी कारोबार हुने क्रम नरोकिएको बताए ।

“यस्ता प्रविधिका माध्यमबाट क्यापिटल फ्लाइट भइरहेको छ । हिजोभन्दा अर्को र अनियन्त्रित ढंगले भइरहेकोमा नियमन र नियन्त्रण गर्न अध्यनन कमिटी बनाएका छौं,” उनले भने, “नेपाल राष्ट्र बैंक र सबै सरोकारवाला निकाय मिलेर संयन्त्र बनाउँदै छौं ।”

उनले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports