kumari
stcnepal

शेयर बजारमा दोहोरो अंकको गिरावट

आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ,अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनकिो २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल इक्यिटी फण्डका इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले २ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्यिटी फण्डका इकाईधनीले २ दशमलव ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका इकाईधनीले गुमाएका छन् । कम्पनीका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

 

footer