सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजारमा दोहोरो अंकको गिरावट

559
shares

आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ,अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनकिो २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल इक्यिटी फण्डका इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले २ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्यिटी फण्डका इकाईधनीले २ दशमलव ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका इकाईधनीले गुमाएका छन् । कम्पनीका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports