सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल, नेपालले प्रधानमन्त्री लाई भने अहिलेकै अबस्थामा एमसीसी पारित गनॅ सकिदैन

403
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने जानकारी गराएको स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबावमा छन् । नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।

Machhapuchchhre Bank ad

यसअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न चार/पाँच महिनाको समय मागेर एमसीसीलाई पठाएको पत्र अनलाइनखबरले पहिलोपटक सार्वजनिक गरेको थियो । एमसीसी पारित गर्न हुँदैन भन्दै आएका प्रचण्ड उक्त पत्र सार्वजनिक भएपछि संकटमा परेका छन् ।

एमसीसीलाई संसदमा प्रवेश गराउने कि नगराउने भन्ने विषयमा सभामुख अग्नि सापकोटा निर्णायक अवस्थामा रहेका छन् । तर, यस विषयमा बहस र विवाद जारी रहेकाले संसद बैठक पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports