सरकारले घटायो बजेटको आकार, सरकार असफल सावित
वि.सं.२०७८ माघ २७ बिहीवार १६:१०
shares
सरकारले अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अब बजेटको संधोभित आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने भएको छ । सरकारले शुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।
अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर एक खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष शुरुको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।





































