linktrix Long Ad
Salt Trading Long Ad

शिलापत्रमा समेत प्रतिशोध लिइयो ?

325
shares

 

काठमाडौ । रास्वपा नेतृत्वको बालेन सरकार पुराना दल र तिनका नेता तथा कार्यकर्ताहरुमाथि प्रतिशोधको भावना राखेर अघि बढिरहेको बेला त्यसलाई पुष्टि मन्त्री सुनिल लम्सालले नै गरेका छन् । २०७६ कार्तिक ४ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले नागढुँगा सिस्नेखोला सुरुङ मार्गको शिलान्यास गरेका थिए । निर्माण कार्य थालेको ८० महिनापछि नागढुँगा सिस्नेखोला सुरुङमार्ग यहि साउन ११ गते देखि सिमित सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा सो सुरुङमार्ग सञ्चालनमा आएको छ । सुरुङमार्गमा काम गर्ने मध्येका जेष्ठ नागरिक ६३ वर्षीय पूर्ण जोशीले सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
सो सुुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले निर्माण गरेको हो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको सुरुङमार्गको शिलान्यास बालेन सरकारकै सहमतिमा गायब पारिएको छ । सुरुङमार्गमा रहेको शिलान्यास बोर्ड किन र कस्को आदेशमा हटाइयो ? निर्माण कार्यमा रहेका व्यक्तिहरुले शिलापत्र बोर्ड हटाएको जानकारी केही समय पहिला नै सम्बन्धित मन्त्रालय र मन्त्रीलाई जानकारी गराएको भएपनि राजनीतिक प्रतिशोधकै कारण उनीहरुले बोर्ड सडक विभागमा राखिएको तर गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा भाद्र २४ गते सडक विभागमा आगजनीमा परेको र शिलापत्र बोर्ड समेत जलेको भन्ने भाष्य तयार गरियो । यदि साच्चिकै आगजनीमा परेको भए तत्काल अर्को बाडे बनाउन सकिन्थ्यो तर बनाइएन ।
जनताको व्यापक दवाव र नेकपा एमालेको विरोधपश्चात् मन्त्री लम्सालले अर्को बोर्ड बनाएर शिलान्यास बोर्ड राखिने उद्घोष गरेको भएपनि त्यसलाई विश्वास गरिहाल्ने आधार भने देखिँदैन । केपी ओली नै प्रधानमन्त्री भएका बेला नेपाललाई सुरुङमार्गमा प्रवेश गराइएको थियो । नेपाललाई सुरुङ मार्गमा प्रवेश गराउने सोच ओलीकै थियो । अहिले त्यो सोचले व्यापकता पाएको छ भने मुलुकका अन्य स्थानमा समेत सुरुङमार्ग बनाउने कार्य सुरु गरिएको थियो ।
विकास निर्माण भनेको जसले र जुन पार्टीको नेतृत्वको सरकारले गरे हुन्छ जनताको हितका लागि तर रास्वपा नेतृत्वको बालेन सरकार पुराना दलहरुले गरेको विकास निर्माणलाई देख्न सक्दैन । त्यसैले ओलीले गरेको शिलान्यास बोर्ड हटाइएको छ । यसरी विकास निर्माणमा समेत प्रतिशोध लिएर अघि बढ्ने सोँच नै गलत रहेको छ ।
बालेन सरकार गठन भएको ४ महिना पुरा भएको छ । यो समयमा सरकारले विकास निर्माणलाई भन्दा विनासलाई प्राथमितामा राखेको छैन पुराना दल र तिनका नेताहरुप्रति जनतामा घृणा फैल्याउने र उनीहरुका विरुद्ध जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न मात्र सरकार लागि रहेको अवस्थामा जनताले सरकारको नियत बुझेका हुनाले जनता रास्वपाकै सरकार र उनका दलका सांसदहरुप्रति आक्रोशित भएका छन् ।
बालेन सरकारले सुकुम्बासीको व्यवस्थापन समेत गर्न सकेको छैन, सुकुम्बासी बस्तीमा डोजर चलाएर जनतालाई आक्रोशित बनाएको छ । बालेन सरकार गठन भएको ४ महिना भित्रमा केही व्यक्तिले आत्मदाह गरिसकेका छन् भने प्रहरीले चलाएको गोली लागेर मानिस मर्ने क्रम जारी रहेपनि गृहमन्त्री र प्रधानमनत्रीले जनतासामू माफीसम्म मागेका छैनन् । बालेन सरकार भाद्र २३ र २४ गतेको षड्यन्त्रमूलक कार्य र आगजनीको जगमा टेकेर सरकारमा पुगेको हो भने रास्वपा ठुला पार्टी बनेको हो । त्यो पनि अरुकै खुट्टामा टेकेर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports