२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी भिसा प्राप्त गर्न अब नेपालीले करीव ३० लाखसम्म धरौटी राख्नु पर्ने

1.13K
shares

काठमाडौँ । अमेरिकाले नेपालसहित विश्वका ५० देशका नागरिकका लागि पर्यटकीय तथा व्यापारिक भिसामा लागू गरेको ‘भिसा धरौटी’ (Visa Bond) प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै यस व्यवस्थालाई स्थायी नियमका रूपमा निरन्तरता दिने निर्णय गरेको हो।

नयाँ व्यवस्थाका मुख्य प्रावधानहरू:
धरौटी रकम: अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि B-1 र B-2 भिसा आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब रु ३० लाखसम्म) धरौटी राख्नुपर्नेछ।

विकल्प परिमार्जन: यसअघि परीक्षण कालमा कन्सुलर अधिकारीको तजबिजमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्न सकिने व्यवस्था थियो। नयाँ नियम लागू भएसँगै ५ हजार डलरको विकल्प हटाइएको छ। अब केवल १० हजार र २० हजार डलर गरी दुईवटा विकल्प मात्र कायम राखिएका छन्।

रकम भुक्तानी र फिर्ता: यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ। यदि भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि तोकिएको अवधिभित्रै नियमअनुसार स्वदेश फर्किएमा उक्त धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

नेपालसहित ५० देश समेटिए
यो नियम मुख्य रूपमा B-1 (व्यापारिक) र B-2 (पर्यटकीय) भिसाका लागि लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बाङ्ग्लादेश र भुटान यस सूचीमा परेका छन् भने बाँकी अफ्रिकी तथा अन्य मुलुकसहित कुल ५० देशका नागरिकलाई यसको दायरामा राखिएको छ।

नियम लागू गर्नुको कारण
भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने (‘भिसा ओभरस्टे’) प्रवृत्तिलाई नियन्त्रण गर्न यो कदम चालिएको अमेरिकी अधिकारीहरूले स्पष्ट पारेका छन्। अमेरिकी सरकारी तथ्याङ्कअनुसार भिसा अवधि नाघेर बसेका व्यक्तिलाई नियन्त्रणमा लिई स्वदेश फिर्ता पठाउन प्रतिव्यक्ति करिब १८ हजार डलर खर्च हुने भएकाले यस्तो वित्तीय धरौटी प्रणाली लागू गरिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports