सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र दाहाललाई एमसीसी घाँडो

390
shares

 

काठमाडौ पाँच दलीय गठबन्धनभित्रै एमसीसीका विषयमा एक मत हुन नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ । माघ २६ गतेका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरेर फागुन २ गते सम्मका लागि स्थगित गरिएको छ । सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सारिएको यो पाँचौ पटक हो । प्रधानमन्त्री शेर बहादुर देउवाको सल्लाह र आग्रह अनुसार बैठक सारिएको हो । प्रधानमन्त्री देउवाले माघ २६ गतेको बैठकमा एमसीसी प्रस्ताव टेबल गर्ने प्रयास गरेका भएपनि सत्तारुढ दलभित्रै सहमति हुन नसकेको हुनाले कार्यतालिका सार्वजनिक भएपनि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । एमसीसीका विषयमा सहमति जुटाउने नाममा पटक पटक प्रतिनिधिसभाको बैठक सारिँदै आएको छ ।
फागुन २ गते सम्मका लागि बैठक स्थगित गरिएपछि सो समयसम्म एमसीसीका विषयमा प्रधानमन्त्री देउवाले सहमति जुटाउने प्रयास गर्ने भएका छन् । गत असोज १३ गते प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी हेडक्वाटरलाई संयुक्त रुपमा पत्र लेख्दै यहि फेब्रुअरी २८ अर्थात फागुन १६ गते सम्ममा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्री देउवा र दाहालले हस्ताक्षर गरी एमसीसी हेडक्वाटरलाई पत्र नै पठाएका थिए । तर सो पत्रलाई गोप्य राखिएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले एमसीसी संसदबाट अनुमोदन गराउने प्रतिवद्धताको समय नजिक आई पुगेको बेला एमसीसी हेडक्वाटरले माघ २१ गते उनीहरुले हस्ताक्षर गरेको पत्र सहति आफूहरुले जनाएको प्रतिवद्धता पूरा गर्न भन्दै एमसीसीका कार्यवहाक प्रमुख कार्यकारी अधिकृतले अर्को पत्र सहित देउवा र दाहालले लेखेको पत्र सार्वजनिक गरिदिएका थिए ।
प्रधानमन्त्री देउवा र दाहालले लेखेको पत्र सार्वजनिक भएपछि अध्यक्ष दाहाल रुष्ट बनेका छन् । अध्यक्ष दाहालले पहिला पत्र लेखेको अवस्था र अहिलेको अवस्था फरक भएको बताउँदै आएका भएपनि उनीहरुले पठाएको पत्रमा एमसीसीसँग भएको सम्झौताका कुनै पनि बुँदाहरुमा असहमति नजनाएका हुनाले देउवा र दाहाल जसरी भएपनि उक्त सम्झौतालाई पारित गराउन लागि परेका छन् भन्ने प्रष्ट भएको छ । दाहालले पछिल्लो समयमा जनताको ध्यान आफूतिर तान्नका लागि मात्र झुठ बोल्दै आफ्नो स्वार्थ पूरा गर्न लागि परेको जस्तो देखिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports