सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनले संघीय संसदको झल्को दिने

403
shares

 

काठमाडौ । नेपाल सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहका निर्वाचन गराउने घोषणा गरेपछि राजनीतिक दलहरु आ आफ्नो पक्षमा नतिजा पार्न जोड घटाउमा लागेका छन् । निकै लामो छलफल र बहसपछि सरकारले स्थानीय तहको निर्वाचनको घोषणा माघ २४ गते गरेको थियो । सत्ता गठबन्धनभित्र केही दलहरुले निर्वाचन पछि सार्न दिएको दबाबलाई वेवास्ता गर्दै प्रधानमन्त्री देउवा निर्वाचनको मिति घोषणा गर्न सफल भएका छन् ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ७५३ तहमध्येमा २९७ स्थानमा जित हाँसिल गरेको थियो । त्यसैगरी नेपाली कांग्रेसले २७४ माओवादी केन्द्रले १०६ र अन्यले ७६ स्थानमा जित हाँसिल गरेका थिए । ७५३ पालिका मध्ये गाउँपालिका ४६० र २९३ वटा नगरपालिका रहेका छन् । मुलुकभरमा ६७४३ वटा वडा रहेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा देशभरी गरेर जम्मा ३५०४१ पदाधिकारी मध्ये नेकपा एमालेले १४०९९ अर्थात ४०.२४ प्रतिशत, नेपाली कांग्रेसले ११४५६ अर्थात ३२.९६ र नेकपा माओवादीले ५४४१ अर्थात १५.५३ प्रतिशतमा जित हाँसिल गरेको थियो । मुलुकका यी तीन राजनीतिक दलहरु नै प्रमुख दलहरु भएका हुनाले २०७९ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा यिनीहरुकै बोलवाल रहने प्रायः निश्चित रहेको छ ।
पछिल्लो राजनीतिक अवस्थामा २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केही फेरबदल हुन सक्ने सम्भावना देखिएको छ । पाँच दलीय गठबन्धन कुन रुपमा निर्वाचन जान्छ त्यसले पनि परिणामलाई तलमाथि पार्न सक्छ । नेकपा एमाले विभाजन भएको र नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीको जनाधार एउटै भएकाले समाजवादी पार्टीले चुनाव नजिते पनि नेकपा एमालेलाई हराउन सक्छ । माओवादी केन्द्रका केही प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका हुनाले नेकपा एमालेलाई केही राहत मिल्न सक्ने सम्भावना समेत देखिएको छ ।
नेपाली कांग्रेसले अहिलेको गठबन्धनलाई कायम गरेर निर्वाचनमा भएको खण्डमा सबै भन्दा बढी घाटा नेपाली कांग्रेसलाई नै हुने निश्चित जस्तै देखिएको छ । त्यसमा पनि एमसीसीको विषयले राजनीतिक दलहरुलाई प्रभाव पार्न सक्ने सम्भावना समेत देखिएको छ । जनताले एमसीसीको विरोध गरिरहेका हुनाले एमसीसी पक्षधहरुको पराजय हुने निश्चित भएपनि स्थानीय तहमा त्यसले ठुलो असर पार्न नसक्ने ठहर राजनीतिक दलहरुले गरेका छन् । स्थानीय तहको निर्वाचनको परिणामले संसदीय चुनावको आंकलन गर्न सकिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports