kumari
stcnepal

एमसीसी सम्झौता इन्डो प्यासिफिक अन्र्तगत नै हो

 

स्थानीय तहको निर्वाचनको मुखमा आएर अमेरिकी सहयोग मिलेनियन च्यालेन्ज कर्पोरेशनसँग भएको सम्झौतालाई संसदबाट पारित गराउने कि नगराउने भन्ने विषयमा राजनीतिक दलहरु विभाजित भएका छन् । पाँच दलीय सत्ता गठबन्धन भित्र त्यस विषयमा सहमति बन्न सकिरहेको छैन । सत्तामा रहेका दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने बताउँदै आएका छन् ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले भने अहिलेकै अवस्थामा एमसीसी सम्झौतालाई पारित गराउनुपर्ने बताईरहेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उठाएका केही बुँदाहरुमा प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकी सरकारसँग कुरा गर्ने भन्दै विवादित बुँदाहरु के के हुन् भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसँग माग गरेका थिए ।
तर अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँग सम्झौतामा भएका कुनै पनि प्रावधानहरुमा संशोधन सम्भव नभएको प्रष्ट पारेको छ । सम्झौतालाई पारित गर्नु अघि सत्ता गठबन्धनले संशोधन गर्ने विकल्प खोजी रहेको बेला एमसीसी हेडक्वारटले संशोधन हुन नसक्ने त्यस संस्थाकी उपाध्यक्ष फातिमा सुमारले भने सम्झौता संशोधन गर्न नसकिने बताउँदै संसदबाट अनुमोदन र कार्यान्वयनमा जान आग्रह गरेपछि सत्ता गठबन्धन संकटमा परेको छ । उपाध्यक्ष सुमारले गत भाद्र २४ गतेदेखि २७ गतेसम्म नेपालको भ्रमण गरेकी र त्यसै बेला प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही फेब्रुअरी २८ भित्र सम्झौता अनुमोदन गराई सक्ने बाचा गरेको रहस्य खोलिदिएकी छन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले गत असोज १३ गते सेप्टेम्वर १९ मा पठाएको पत्रमा ५ महिना भित्रमा सम्झौता अनुमोदन गर्ने प्रतिवद्धता जनाएको उपाध्यक्ष सुमारको भनाई रहेको छ । त्यो ५ महिनाको समय सीमा यहि फ्रेबुअरी २८ अर्थात फागुन १६ मा समाप्त हुने भएकाले प्रधानमन्त्री देउवा एमसीसी सम्झौतालाई जसरी भएपनि पारित गराउने पक्षमा रहेका छन् । माओवादी केन्द्रका अध्यक्षले पहिला प्रतिवद्धता जनाएका भएपनि अहिले उनी फेरी जनताको नजरमा साखिलो हुनको लागि सम्झौता संशोधन हुनु पर्ने भन्दै जनतालाई ढाँटिरहेका छन ।
एमसीसी सम्झौता विशुद्ध अनुदान सहयोग हो भनेर पत्याउन सकिने आधारहरु देखिएका छैनन् । नेपाल सरकारको माताहतमा रहने भनिएको एमसीसीए नेपालको अध्यक्षमा अर्थ सचिव रहने व्यवस्था भएको छ तर एमसीए नेपालले नेपालका विभिन्न मन्त्रालयहरुसँग दुई देशबीचमा हुने सम्झौता जस्तो सम्झौता गरेको रहस्य बाहिर आएको छ । एमसीए नेपालले भौतिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतका अन्य केही मन्त्रालयहरुसँग सम्झौता गरेको छ ।
उक्त सम्झौताको म्याद पाँच वर्षसम्म रहने र त्यस बेलासम्म ती मन्त्रालयहरुले समेत अमेरिकी सरकारका काम कारबाहीहरुको विरुद्धमा कुनै निणय लिन नपाउने भन्ने प्रावधानराखिएको हुनाले र म्याद सकिएपछि फेरी म्याद थप गर्न सकिने उल्लेख गरिएको छ तर कति वर्ष भन्ने उल्लेख नगरिएको हुनाले एमसीसी सम्झौतालाई विशुद्ध अनुदान सहयोग सम्झौता हो भनेर स्वीकार गर्न सकिने अवस्था छैन । यदि विशुद्ध अनुदान सम्झौतचा हो भने किन एमसीए नेपालले मन्त्रालयहरुसँग छुट्टै सम्झौता गर्नुपथ्र्यो त ? यस कारणले भन्न सकिन्छ यो सम्झौता इन्डो प्यासिफिक अन्र्तगतकै हो भनेर ।
प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालले आफैँले मागेको समयसीमा भित्र उक्त सम्झौता पारित गराउन नसक्ने भएपछि अहिले आएर फेरी जनतालाई झुक्याउनैको लागि संशोधनको नाटक गरेको पुष्टि हुँदै गएको छ । ठीक यहि बेला एमसीसी सम्झौताका बारेमा एमसीए नेपालले नेपालका विभिन्न मन्त्रालयहरुसँग सम्झौता गरेको अको रहस्यको विषय बनेको छ ।
एमसीसीले प्रधानमन्त्री र अध्यक्ष दाहाललाई माधव २१ गते पत्र पठाउँदै आफ्ना प्रतिवद्धताको सम्मान गर्न पत्र पठाएको छ । उक्त सम्झौता अनुमोदन नभएको खण्डमा खारेज गर्ने अधिकार एमसीसी बोर्डलाई रहेको छ । उक्त बोडको अध्यक्षमा अमेरिकी रक्षा मन्त्री रहेका छन् । एमसीसी सम्झौतालाई पारित गराउनुपर्ने निर्णय नेपालको कानुन मन्त्रालयले नै भनेको र सबै प्रावधानहरुमा सहमत भएरै हस्ताक्षर भएको हुनाले संशोधन गर्न सम्भव नभएको एमसीसीको भनाई रहेको छ ।
निर्वाचनको मुखमा आएर एमसीसी सम्झौता पारित गराए जनताबाट चर्को विरोध हुने र त्यस भन्दा पहिला पनि जनता सडकमा आएका हुनाले पार्टीगत स्वार्थका लागि मात्र कांग्रेस र माओवादीले संशोधनको नौटंकी गरिरहेको हुनाले पनि प्रष्ट हुन्छ उनीहरु जसरी भएपनि यो सम्झौता पारित गराउने पक्षमा थिए र छन् पनि । यी सबै कारणहरुले गर्दा एमसीसी सम्झौता इन्डो प्यासिफिक अन्र्तगतको हो भन्ने हामीले ठानेका छौँ ।

footer