सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच बषॅमा झण्डै ४५ लाख मतदाता थपिए

494
shares

पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता बढेको पाइएको छ ।

२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।तर आगामी वैशाख ३० गतेका लागि निर्वाचन घोषणा भइसकेकाले मतदाता नामावली संकलन स्थगित भइसकेको छ । यसअघि संकलन भएका मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयबाट लिने क्रम जारी रहेको आयोगले जनाएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार मतदाता संख्या १ करोड ८५ लाख पुगेको छ । यो संख्या गत स्थानीय तहको निर्वाचनको भन्दा ४५ लाख  बढी हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अब निर्वाचनको मिति घोषणा गरेको दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्नेछ ।त्यसका लागि यही साताभित्र सबै जिल्ला निर्वाचन कार्यालयलाई मतदाताको अद्यावधिक तथ्याङ्क  केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रवक्ता पौडेलले बताए । सबै जिल्लाबाट मतदाताहरुको संख्या प्राप्त भएपछि त्यसउपर छलफल गर्ने, दावी विरोध लिने र सच्याउने समय दिएर मतदाताहरुको संख्या कायम गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने मतदाता संख्या एक करोड ५४ लाख कायम भएका थिए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते गरी दुई चरणमा भएको थियो ।अर्थात् २०७४ सालमै भएको स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा १४ लाख मतदाता बढेका थिए ।

निर्वाचन आयोगले २०७७ साल पुस ५ गते तत्कालिन केही ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति तोकेपछि पनि मतदाता नामावली संकलन गरेको थियो । त्यसबेलाको तथ्याङ्क अनुसार १ करोड ५४ लाख ८२ हजार मतदाता थिए । त्यसयताको मतदाता नामावली अद्यावधिकमा निर्वाचन आयोग जुटेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports