लेखा र राजस्व समूहका १६ जना शाखा अधिकृत उपसचिवमा बढुवा
वि.सं.२०७८ माघ २८ शुक्रवार १३:२४
shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो ।





































