सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महासंघले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न बैंकर्सलाई आग्रह

481
shares

नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न बैंकर्सलाई आग्रह गरेको छ । बैंकर्सहरुले निक्षेपमा ब्याज बढाउने निर्णयले उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघको ठहर छ ।

कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन् भने उत्पादित वस्तुहरुको बिक्री वितरणबाट उठनु पर्ने रकम समेत बजारबाट उठन नसकेको महासंघको ठहर छ । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा संचालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको स्मरण गराएको छ ।

असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको महासंघको ठहर छ । हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नहुने महासंघको हाम्रो ठहर रहेको जनाएको छ । व्याजदरमा अस्थिरता कायम रहंदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने महासंघको बुुझाई छ।

विगतका अनुुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा विश्वास रहेको महासंघको दाबी छ । व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने महासंघको ठहर छ । व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने र त्यसले आन्तरिक उत्पादननै ठप्प हुन जाने अवस्था आउनेतर्फ सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सुुसंचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसंग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports