ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ क्यासब्याक अफर : ग्लोबल आइएमई बैंक
वि.सं.२०७८ माघ २८ शुक्रवार १९:१७
shares
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’को विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्य नजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्याल यसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।





































