२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवामा बाढीको वितण्ड : स्थिति भयावभ, अहिले सम्मको अपडेट यस्तो छ

182
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

मुख्य अपडेटहरू-

– तिब्बततर्फ हिमताल फुटेर आएको बाढी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। रसुवामा ठूलो वर्षा नभएको अवस्थामा भोटेकोशी नदीमा एक्कासि बाढी आएको बताइएको छ।

– टिमुरे बजार, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ। टिमुरे बजारका संरचना तथा सडक, पुल र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

– मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ। केही व्यक्ति बेपत्ता भएको र उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ।

– भोटेकोशी करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। रसुवागढी जलविद्युत् आयोजना लगायतका आयोजनाहरू प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार ठूलो विद्युत् उत्पादन क्षमता प्रभावित भएको छ।

– उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको छ।

– हेलिकप्टरमार्फत उद्धार तथा राहतको तयारी गरिएको छ। घाइते तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने काम प्राथमिकतामा राखिएको छ।

– घाइतेलाई त्रिशूली जिल्ला अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। अन्य विस्थापित तथा उद्धार गरिएका व्यक्तिका लागि धुन्चेमा बसोबासको व्यवस्था गरिएको छ।

– माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक जानकारी आए पनि तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ।

– त्रिशूली नदी हुँदै बाढी मुग्लिनतर्फ बढिरहेको र नदी किनारका बस्ती तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

– सरकारले विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक स्रोत–साधन र बजेट व्यवस्थापन गर्ने जनाएको छ।

– घटनास्थलमा खोज, उद्धार, राहत तथा क्षतिको प्रारम्भिक मूल्यांकन एकसाथ अघि बढाइएको छ।

प्रशासनले भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र नदीको बहाव नजिक नजान आग्रह गरेको छ। उद्धार तथा क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports