२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवा बाढीप्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख व्यत्त, उद्धार तथा राहतमा खटिन नेता तथा कार्यकतालाई निर्देशन

338
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा भोटेकोसी नदीमा आएको बाढीबाट ठुलो क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढीका कारण भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न अपिल गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत विपद्को यस घडीमा पार्टीका नेता, कार्यकर्ता, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गर्नुभएको हो। उहाँले भन्नुभएको छ, “बाढीका कारण रसुवाको भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ, रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न हार्दिक अपिल गर्दछु।”

अध्यक्ष ओलीले पार्टी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न निर्देशनसमेत दिनुभएको छ। “पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports