पाकिस्तानी दूताबासले भन्यो, यस कठीन घडीमा हामी नेपाली जनताको साथमा छौ
वि.सं.२०८३ भदौ १० बुधवार २१:५६
shares

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भइरहेको जनधनको क्षतिप्रति काठमाडौंस्थित पाकिस्तान राजदूतावासले दुःख व्यक्त गरेको छ ।
विपत्तिमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना प्रकट गर्दै दूतावासले यस कठिन घडीमा नेपाली जनतासँग साथमा रहेको बताएको छ । ‘बाढीका कारण प्रभावित, बेपत्ता तथा आफ्ना प्रियजन गुमाएर पीडामा रहनुभएका सबैप्रति हाम्रो साथ, सहानुभूति र प्रार्थना छ,’ दूतावासले भनेको छ, ‘यस कठिन समयमा नेपालका जनतासँग पाकिस्तान दूतावासको पूर्ण ऐक्यबद्धता रहेको छ ।’




































