२०८२ भाद्र २३ र २४ गतेको घटनाको फाइदा रास्वपाले लिएको हो ?
वि.सं.२०८३ भदौ ११ बिहीवार ११:४३
shares

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत पाएपछि पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीभित्र तिव्र विवाद बढेको छ । संघीय संसदमा झण्डै दुई तिहाईको मत रहेकाले रास्वपाले अन्य राजनीतिक दल र संसदमा उपस्थित रहेका दलहरुलाई समेत वेवास्ता गर्दै झण्डै दुई तिहाई मतको समेत अपमान गर्न थालेको छ ।
संसदबाट प्रधानमन्त्रीमा नियुक्त भएका रास्वपाका वरिष्ठ नो समेतरहेका प्रधानन्त्री साहले संसदीय परम्परालाई उल्लंघन गर्दै संसदलाई छल्दै आएका छन् भने उनले गत जेष्ठ १७ गते संसदको रोष्ट्रममा उभिएर भारतले मात्र होइन ेनपालले पनि भारतको भूमि मिचेको रहेछ सो कुरा मैले प्रधानमन्त्री भएपछि मात्र थाहा पाएको छु भन्ने अभिव्यक्ति दिएका थिए । किन आफूलाई प्रधानमन्त्री बनाउने संसदलाई झुठ बताउनु सकिन्छ र ?
मुलुकका प्रधानमन्त्रीले नै आफ्नो देशले विदेशको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदमा दिने प्रधानमन्त्री बालेनले नै पहिलो पटक व्यक्ति होलान् ? उनले नेपालले कहाँ कति भारतको भूमि मिचेको रहेछ त्यसको प्रमाण संसद र नेपाली जनतालाई दिनु किन नपर्ने ? विपक्षी दलहरुले पटक पटक संसदबाटै प्रधानमन्त्रीसँग उत्तर मागेपनि पनि उनी उत्तर दिन तयार नदेखिएपछि सभामुख डोल प्रसाद अर्यालले समेत मुख खोल्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनु रुलिङ गर्नु परेको थियो ।
बालेन काठमाडौ महानगरको मेयर रहेको बेला उनले आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईीदन्छु भन्ने स्टाटस लेखेका थिए । तर तत्कालिन केपी ओली नेतृत्वको सरकारले उनलाई त्यस विषयमा सोधखोज सम्म गरेन आखिरी किन ? के सामान्य व्यक्तिले त्यस्तो स्टाटस लेखे सरकार मौन रहन्छन् त ?
भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यपछि बालेनले किन अब नेपाली सेनाका प्रधान सेनापतिसँग वार्ता गर भनेर आन्दोलनकारीहरुलाई स्टाटस मार्फत निर्देशन दिए त्यस विषयमा अनुसन्धान हुनुपर्ने कि नपर्ने ? अहिले तिनै बालेन साह प्रधानमन्त्री रहेका छन् भने उनी रास्वपाको वरिष्ठ नेतासमेत रहेकाले यदि रास्वपाले आफ्नो पार्टीको हैसियत बचाउने हो भने बालेन साहसँग त्यस विषयमा स्पष्टीकरण लिनुपर्दछ । यदि होइन भने रास्वपाकै कारण भाद्र २४ गतेको विध्वसात्मम कार्य भएको थियो भन्ने मानिनुपर्दछ ।




































