२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनले नेपाललाई दियो दुईवटा बेलिब्रिज निर्माण सामग्री

741
shares

काठमाडौं । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत)ले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रका लागि दुईवटा बेलिब्रिजसहितका राहत सामग्री नेपाललाई उपलब्ध गराएको छ ।

सिजाङले पठाएको बेलिब्रिजसहित आपत्कालीन राहत सामग्री शुक्रबार शिगात्सेस्थित रिजी बन्दरगाहमा हस्तान्तरण गरिएको हो ।कार्यक्रममा नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सहयोग सामग्री बुझेका थिए ।सहयोगमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बिम लगायतका सामग्रीहरू समावेश छ ।

चिनियाँ दूतावासका अनुसार उपलब्ध गराइएका सामग्रीबाट दुईवटा बेलिब्रिज निर्माण गर्न सकिनेछ । बाढीपहिरोबाट क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापित गर्न यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports