यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाण्डौ उपत्यका बाहिर ग्यास भरेर उपत्यका भित्र ग्यास ल्याउदै ग्यास उधोगीहरू

429
shares

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा भएको ग्यासको अभाव हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् ।संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिन्डर कम छ । संघीय राजधानीमा खाली भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ । तीनै ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजानुपर्ने हुन्छ ।

नेपाल ग्यासका सञ्चालक रहेका भण्डारीका अनुसार उनको उद्योगको सिलिन्डर चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा ‘बोटलिङ’ गर्ने काम भइरहेको छ ।सिलिन्डरको अभावमा मागअनुसार भर्न सकिएको छैन । नेपाल ग्यासले उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको छ । उनका अनुसार केही दिन भित्रमानै आठदेखि १० हजार शिलिन्डर दैनिक काठमाडौं लैजाने गरी तयारी गरिएको छ ।संघका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि ट्रकमा खालि सिलिन्डर उपत्यका बाहिर ल्याएर ‘बोटलिङ’ गरेर लैजान थालेका छन् ।

रातका समयमा कान्ति लोक पथमा गाडी नगुड्ने भएकाले खालि सिलिनडर बोकेका ट्रक आउन ढिलाइ भएको छ । अहिले बाबा ग्यासले श्री ग्यासका सिलिनडर ‘बोटलिङ’ गरेर पठाएको छ । श्री ग्यास नौबिसेको हो । यस्तै यहाँको साईबाबाले आफ्नै सिलिन्डर काठमाडौं पठाएको छ । गैंडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौंको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ ।वनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, वनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभूवन राजपथबाट पठाउन सुरु गरेका छन् । उपत्यका र छिमेकी जिल्लामा १६ ग्यास उद्योग रहेको उनले जानकारी दिए । ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक ४० हजार सिलिन्डर आवश्यक पर्छ । अहिलेको अवस्थामा एक लाख सिलिन्डर पनि खपत हुने अवस्था छ ।केही दिनमानै समस्याको समाधान हुने उनको भनाइ छ ।एउटा ग्यास बोक्ने बुलेटमा ४५० शिलिन्डर ग्यास आउँछ । ठूलो ट्रकले भरिएका ५०० सिलिन्डर बोक्छ भने खाली ६०० हाराहारी सिलिन्डर बोक्न सक्ने उनले बताए । नेपालका ५८ उद्योगले भरेका ग्यासमध्ये ४० प्रतिशत खपत उपत्यकामा छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तीलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ ।

गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास ‘बोटलिङ’ गरेर काठमाडौं ल्याउने नीति लिएको हो ।सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित ‘एलपीजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोजसहित बाबा ग्यासका ‘प्लान्ट’सँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डर ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्याउने प्रबन्ध मिलाएको हो ।

नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन ।निगमले भारतीय आयल कर्पोरेशनबाट कूल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ । सो मध्ये करिव दुई प्रतिशत अर्थात् ५३ वटा ‘बुलेट’ मात्र कर्पोरेशनको भागमा परेको छ । कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसडीसी सिलिन्डर’ खपत गरिरहेको जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports