नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोरखा बाढी : ४ घर र फलामे पुल पनि बगायो

793
shares

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ मा बाढीले चार घर बगाएको छ ।

गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको थाहा पाएपछि स्थानीयले भने भागेर ज्यान जोगाएका उनले बताए ।मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

बाढीले सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको उनले बताए । आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाब कम भएको र अहिले खोला पहिलाकै अवस्थामा रहेको उनले बताए ।

सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको उनले बताए छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports