भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो महिला एसिया कपको उपाधि

208
shares

काठमाडौं । भारतले आठौं पटक महिला एसिया कपको उपाधि जितेको छ ।

आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा साविक विजेता श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । शफाली वर्मा र स्मृति मन्धनाले पहिलो विकेटका लागि १२९ रनको कीर्तिमानी साझेदारी गरे ।

१८४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमै ४ रन बनाएर इमेषा दुलानी आउट भइन् ।

श्रीलंका निर्धारित २० ओभरमा १११ रनमा अलआउट भएको थियो ।

श्रीलंकाले भारतलाई पराजित गर्दै सन् २०२४ मा एसिया कपको उपाधि जितेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports