थापा बने राप्रपा नेपालको अध्यक्ष
वि.सं.२०७८ फागुन १ आइतवार १४:०४
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।
राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए ।





































