प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा पनि भेटियो बडफ्लु, सावधान

533
shares

काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको प्रवक्ता सञ्जेलले बताए ।

oil ad long

चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो । कृषकले पालेको कुखुरामा संकास्पद लक्षण पछि केन्द्रीय पशुपन्छी रोगअन्वेषण प्रयोगशालामा गरिएको रियालटाइम पीसीआर परीक्षणमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएको क्षेत्रबाट एक हजार ९ सय १३ गोटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र ३५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा देखिएको बर्डफ्लू एचपीएआई, र एचफाइभ एन वान रहेको मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports