कुन बैंकले कति दिन्छन ब्याजदर, हेर्नुहोस
वि.सं.२०७८ फागुन १ आइतवार १८:५७
shares

नेपाल बैंकर्स संघको निर्णय अनुसार वाणिज्य बैंकले आजदेखि नयाँ व्याजदर लागू गरेका छन् । बैंकर्स संघले गत शुक्रबार नै फागुन १ गतेदेखि निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्यण गरेका थिए ।

२६ वाणिज्य बैंकले आजदेखि व्यक्तिगत मुद्दतीको ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ नयाँ ब्याजदर लागू गरेका छन् । रेमिट्यान्स मुद्दतिमा भने १२.०३ प्रतिशत कायम भएको छ । यसभन्दा पहिले मुद्दतिमा १०.०३ प्रतिशत व्याजदर हरेको थियो ।




































